बाजुरामा बन्दुकको गोली प्रहारबाट एक महिलाको हत्या भएको छ । गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकायाको उनकै श्रीमान ४० वर्षका गोरख रोकायाले हानेको गाेली लागेर निधन भएको हाे ।
घरमै भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानेको प्रहरीले बताएको छ । रोकायालाई प्रहरीले पक्राउ गरिसकेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख दानबहादुर बोगटीले जानकारी दिए ।के कारणले हत्या भएको हाे घटनाको बारेमा विस्तृत अनुुसन्धान भैरहेको पनि प्रहरीले बताएको छ ।