
सुरक्षाकर्मिकाे तलब काटेर राहत काेषमा जम्मा गर्ने तयारीकाे यतिबेला चारै तिर तिव्र आलोचना भैरहेको छ ।यसै सन्दर्भमा नेपाली कांग्रेसका सांसद गगन थापाले बरु सांसदको तलव काटेर सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीकाे सुविधा थप गर्न आग्रह गरेका छन्।
‘महासंकटकाे यो घडीमा, हामी सांसद लगाएतकाे तलब काटेर जोखिममा काम गरिरहेकाहरूको सुविधा र मनाेवल बढाओेैँ थापाले भनेका छन ।

तलव सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतकाे तलवभत्ता, सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं,’ थापाले फेसबुकमा आफ्नो धारणा राखेका छन ।