दुइ दिन राजधानी बाट बाहिर जानेहरुको लागी जान दिने निर्णय गरेको सरकार एकाएक पछि हटेको छ । घर जान नपाएकाहरुको लागी सम्बन्धित स्थानमा पुर्याइदिने आफ्नै निर्णय सरकारले केहि क्षणमै फेरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेको बैठकको निर्णयबाट सरकार पछि हटेको हो । अब भोली र पर्सि काठमाडौ बाट बाहिर जान नपाइने भएको छ ।
झन् जोखिम बढ्ने विश्लेषणपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरेको हो एक सरकारी अधिकारीले बताए ।’ यसअघि उच्चस्तरीय समन्वय समितिले उपत्यका बाहिर जान चाहनेहरुलाई सरकारले नै यातायातको साधन उपलब्ध गराउने निर्णय बिहीबार दिउँसो बसेको बैठकले गरेको थियो । उपत्यका बाहिर जाने सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ गर्ने निर्णयपनि भएको थियो । शुक्रबार र शनिबार काठमाडौ बाट बाहिर जान दिने निर्णयको सन्र्दभमा सरकार भित्र तिव्रमत भेद देखिएपछि निर्णय फेरिएको स्रोतले बतायो ।
यो निर्णय सार्वजनिक हुने बित्तिकै प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले विरोध जनाउदै उक्त कुरा सत्य होइन होला भन्ने धारणा सार्वजनिक गरेका थिए । पोख्रेलले बरु बेखर्चीलाइ राहत देउ लकडाउन भनेको लकडाउन हो भनेका छन । उता भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले पनि काठमाडौं बाहिर जानेलाई तत्काल पठाउन नसकिने बताएका छन् । तत्काल उपत्यकाबाट बाहिर कसैलाई पठाउन सकिँदैन ।’ सरकारको यस्तो अलमल निर्णयले नागरिकहरु दुखि भएका छन ।