
समयमै कोरोना भाइरस चेकजाँच र रोकथामका सामाग्री नेपाल पठाउन ढिला भएको प्रति एनआरएनए दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले स्पष्ट पारेका छन । समयमै नेपाल हेल्थ किट लगाएतका सामाग्रीहरु पठाउन हरदम प्रयास गरेपनि नेपालको बिमानस्थल बन्द भएकाले प्राविधिक तयारी गर्दा गदै ढिला भएको सुवेदीले बताएका हुन ।
सुवेदीका अनुसार पहिलो चरणमा कोरिया बाट ४ हजार कोरोना परिक्षण किट र ५०० सय HIGH SENSITIVE COVID KITS HPPE SETS शुक्रबार बिहान ११ बजेर २५ मिनेटको जहाज मार्फत नेपाल पठाइने छ । उक्त जहाज नेपाली समय अनुसार दिउसो तीन बजेर ३० मिनेटमा पुग्ने छ ।

अब अन्तिम चरणमा पुगेको छ सकभर हामी एकदुइ दिनमै नेपाल समान पु¥याउने छौ सुवेदीको भनाइ छ । ढिला हुन गएका प्रति फेसबुक लाइफ मार्फत उनले सबै सग क्षमायाचना समेत गरेका छन ।
यस अभियानका संयोजक तथा एनआरएनए दक्षिण कोरियाका उपाध्यक्ष यदु लामीछानेका अनुसार अर्को कुनै अबरोध नभए १० तारिखमा सामाग्रीहरु नेपाल पुग्ने छन । सबै तयारी भैसकेको छ अब जहाज उडन मात्रै बाकी हो लामीछानेले बताए ।

तीन घण्टामै कोरोना भाइरस लागेको वा नलागेको रिजल्ट दिन सक्ने उक्त चार हजार किट नेपाल पुगे पछि कोरोना भाइरस परिक्षणमा भैरहेको ढिलासुस्तीमा केही राहत हुने आशा गरिएको छ ।
कम रेटमा वा ४० हजार डलरमा ४ हजार हेल्थ किट पचास प्रतिशत कममा खरिद गरेको पनि उनले बताए । बचेको खर्चबाट ५ सय पिपिइ सेट पनि राखिएको उनको भनाइ छ । अरु सामान चीनमा खरिद गरिएको हो । चिनमा खरिद गरिएको सामान पिपिइ सेट २ हजार , यान नाइन्टि फाइप मास्क १० हजार पिस ,सर्जिकल मास्क २० हजार पिस, पन्जा १० हजार पिस र थर्ममिटर ५ सय पिस खरिद गरिएको हो । उक्त सामान पनि चिनमा भण्डारण गरि राखेको र उपयुक्त नेपाल जाने हवाई सेवाको पर्खाइमा रहेको बताएका छन् ।
गत मार्चको अन्तिममा एनआरएनए कोरियाको संयोजकत्व र स्वतन्त्र अभियान्ताहरुको सक्रियतामा एक व्यक्ति एक कीट अभियान सञ्चालन गरि सबै बाट आर्थिक संकलन गरिएको थियो । २ हजार कीट खरिदका लागि ४० लाख रुपैयाँ उठाउने भनिएको भए पनि तीन दिनमै उक्त अभियानमा माग भन्दा तेब्बर बढि रकम १ करोड ४० लाख रुपैयाँ जम्मा भएको थियो ।
