
नेपाली समुदायले सहयाेग उठाएर जम्मा गरेको रकम बाट किनेका कोरोना भाइरस परिक्षण हेल्थ कीट नेपाल आइपुगेकाे छ । कोरियामा बसोबास गर्ने नेपालीहरुले सहयाेग रकम जम्मा गरेर पठाएको चार हजार हेल्थ कीट शुक्रबार दिउँसो ४ :१० मा कोरियन जहाज मार्फत काठमाडौ पुगेकाे छ । पहिलो चरण मा ४० कोभीड-९० detection kits, जसबाट ४००० भन्दा वढी टेस्ट गर्न सकिन्छ, साथमा, ४००० extraction kits (टेस्टको लागि चाहिने किट) र ५०० थान PPE आज कोरियन स्वास्थ्य सामाग्रीहरू नेपाल पुगेकाे हाे ।
केही दिन अगाडि नै नेपाल पठाउन खोजेको भए पनि नेपालको विमानस्थल बन्द हुदा प्राविधिक समस्याले किटहरु कोरियामै अड्किएको थियो । आजै स्वास्थ्य मन्त्रालयमा नेपाल सरकारका अधिकारीहरुलाइ उक्त सामान हस्तान्तरण गर्ने भनिए पनि समय अभावले भाेलि मात्रै गरिने अनुगमन समितिका संयोजक रुद्र शर्माले बताए ।आज सुरक्षित तरिकाले ब्यवस्थापन गर्ने र भोली औपचारिक रुपमा सरकारलाइ हस्तान्तरण गर्ने शर्माले बताए । नेपालमा मन्त्रालय र सरकार सगको यसको सम्पुर्ण समन्वय शर्माले नै गरिरहेका छन ।

कोरियाको निकै प्रभाबकारि कोरोना भाइरस परिक्षण प्रविधि नेपाल आएपछि नेपाली समुदाय खुसि भएका छन । हामी कहाँ कोरियन किट उपलब्ध भयो, परिक्षण मा भएको ढिलासुस्ती अन्त्य हुनेछ एक सरकारी अधिकारीले बताए । उनले भने हामी यसको प्रयोग बारे अध्यण गरेर एकदुई दिनमै प्रयोगमा ल्याउने छौ ।
सुरुमा २ हजार कीट पठाउन खोजेको भए पनि अपेक्षा भन्दा धेरै रकम जम्मा हुदा आयोजकले ४ हजार कीट पठाएको हो ।४ हजार कोरोना भाइरस परिक्षण कीट खरिद गरेर बचेको रकम बाट चीनमा अन्य स्वास्थ सामाग्री पनि खरिद गरिएको छ । चीनमा खरिद गरिएको सामान नेपाल आउने जहाज कुरेर बसेको छ । नेपाल जहाज जाने बित्तिकै पठाउने एनआरएनए दक्षिण कोरियाले जनाएको छ ।

एनआरएनए दक्षिण कोरियाको संयोजकत्वमा तथा स्वतन्त्र अभियान्ताहरुको सहकार्यमा २ हजार कीट नेपाल पठाउने उदेश्यले आर्थिक अभियान सुरु गरिएको थियो । ४ दिनमै अपेक्षा भन्दा धेरै रकम जम्मा भए पछि ४ हजार कीट पठाइएको हो ।उक्त अभियान बाट करिव १ करोड ४० लाख जति रकम जम्मा भएको थियोे । शुक्रबार विमानस्थलमा एनआरएनए केन्द्रीय कार्यालयका प्रतिनिधि ,कोरियामा कार्यरत पुर्व एनआरएनएका प्रतिनिधि लगाएतकाे सहभागीता रहेको युवा सामाजिक अभियान्ता यम श्रेष्ठले जानकारी दिए ।
