
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विश्वव्यापीरुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरससँग जुध्नका लागि विद्युतीय प्रविधिमा आधारित शिक्षा प्रणालीमा अभ्यस्त बनाउनुपर्ने बताएका छन ।
विद्युतीय सिकाइ नेपालको समग्र शिक्षा क्षेत्रको लागि उपयोगी हुने भएकाले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरमा समेत यसलाई थप व्यवस्थित बनाउनुपर्ने बताए । कोरोना भाइरसको महामारीपूर्व नै नेपालको शिक्षालाई दूर शिक्षा वा अनलाइन शिक्षामा लैजान सरकारी स्तरबाट विभिन्न पहल भइसकेको बताउँदै उनले अनलाइन कक्षालाई बढीभन्दा बढी अन्तक्र्रियात्मक बनाउनुपर्नेमा जोड दिए ।
“कोरोना भाइरसले शिक्षा क्षेत्रमा पारेको प्रभावलाई अध्ययन गर्न हामीले एउटा समिति गठन गरिसकेका छौँ”, उनले भने “सो समितिले गरेको अध्ययनको निष्कर्षको आधारमा शिक्षा क्षेत्रको भविष्यको दिशा तय गरिनेछ ।” किंग्स कलेजले आज गरेको ‘इम्ब्रेसिङ द क्यावस’ नाम दिइएको अन्तर्रा्ष्ट्रिय भर्चुअल कन्फरेन्स शिक्षामन्त्री पोखरेलले सो कुरा बताएका हुन ।
विभिन्न राष्ट्रका प्राध्यापक तथा शिक्षक, नेपाली उद्यमी, विद्यार्थी, शिक्षक, विद्यालयका नेतृत्वकर्ता तथा शिक्षा क्षेत्रमा चासो राख्ने करिब ८५ जना राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सहभागीको ऊक्त विद्युतीय अन्तक्र्रियामा सहभागिता थियो ।
कोरोना भाइरसको कारण राष्ट्रले बन्दाबन्दी (लकडाउन) को घोषणा गरेसँगै शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरिरहेको सन्दर्भमा विद्युतीय कक्षासम्बन्धी अन्तर्रा्ष्ट्रिय जगतको अनुभव, सिकाइ, विश्लेषण, सफल अभ्यास तथा अनुसन्धानमाथि विचार विमर्श गर्दै नेपालका शैक्षिक संस्थालाई अझै सशक्त ढङ्गले चलाउनुपर्नेमा उनले जोड दिए ।
अनलाइन कक्षा सञ्चालन गर्न सक्षम बनाउने अभिप्रायले उक्त विद्युतीय सम्मेलने आयोजना गरिएको हो ।रासस