
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड- १९) महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए ।
दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन नहुने भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’विहान साढे ११ देखि पौने चार बजेसम्म सिंहदरबारस्थित एक्सन रूमबाट प्रधानमन्त्री ओलीले पालैपालो मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।