
काठमाडौकाे किर्तिपुरमा निशुल्क खाना केन्द्र स्थापना गरिएको छ । कोरोना भाइरस रोकथामका लागी गरिएको लकडाउन बाट अलपत्र परेकाहरुको लागी निशुल्क खाना केन्द्र स्थापना गरिएको हो । पाच नम्बर वडाकाे नगाउ लाेकतान्त्रिक चाेकमा स्थापना गरिएको खाना केन्द्रमा मजदुर ,विद्यार्थी तथा अलपत्र परेका अन्य नागरिकलाई राहत भएको छ। उक्त खाना केन्द्रमा दैनिक सात सय पचास बढिले खाना खाईरहेका छन ।

किर्तिपुरका ब्यापारी तथा युवा समाजसेविहरुले ब्यक्तिगत रुपमा आर्थिक सहयोग जम्मा गरेर स्थापना गरेको उक्त खाना केन्द्रमा अरु सहयोगि हातहरु पनि थपिदै गएका छन । गएको चैत २३ बाट सुरु भएको उक्त खाना केन्द्र लकडाउन नखुले सम्म जारि रहने बताइएको छ । किर्तिपुरका युवा समाजसेवी तथा ब्यापारीहरु कृष्ण श्रेष्ठ, रबिन्द्र महर्जन,विनोद श्रेष्ठ सकेश महर्जन, संगम महर्जन,शिव श्रेष्ठ नैन तामाङ आदिले खाना केन्द्रको स्थापना गरेका हुन । हामीले सुरुवात गरेका हौ पछि पछि मान्छे पनि थपिदै जादा हामीलाइ लोड पनि थपिदै गयो ।

अहिले अरु समाजसेवी तथा सामाजिक संघ संस्थाहरु पनि जोडिदै गएको किर्तिपुरका युवा समाजसेवी कृष्ण श्रेष्ठले जानकारी दिए । यस्तै सोहि खाना केन्द्रमा शनिबार काठमाडौ हिमालयन लायन्स क्लब District 325,A2 नेपालले साँझ र बिहानको खानाको ब्यवस्थापन गरेको थियो । हामीले उहाँहरुले गरेको मानविय सेवालाइ साथ दिन शनिबारको खाना ब्यवस्थापन गरेका हौ काठमाडौ हिमालयन लायन्स क्लब District 325,A2 नेपाल को president सीता गैरेले जानकारि दिइन ।अझै साथ सहयोग हुनेछ गैरेले भनिन् ।
दैनिक खाना केन्द्रमा दैनिक सात सय पचास बढि अलपत्र मजदुरले खाना खाने गरेको काठमाडौ हिमालयन लायन्स क्लब District 325,A2 सल्लाहकार तथा युवा समाजसेवी शरद शर्माले बताए । सबै कुरा साथीहरुले ब्यवस्थित गर्नु भएको छ बिहानको खाना ९ बजे बाट ११ बजे सम्म हुन्छ भने साँझको खाना ५ बजे बाट ७ बजे सम्म हुन्छ शर्माले भने ।

उक्त क्षेत्रमा अलपत्र परेका अन्य नागरिकहरुलाइ पनि खानाकाे लागि अनुराेध गरिएको छ । सरकारले जारी गरेको रणनीतिको पालना गर्दै ब्यवस्थापन गरिएको युवा व्यावसायि राजु केसिले बताए । शनिबार काठमाडौ हिमालयन District 325,A2 को तर्फबाट ब्यवस्थापनमा लायन नर्मदा खनाल,भरत सापकोटा,राजेश विष्ट,भरत नेपाल पुजा नेपाल, सविन केसी, प्रतीक शर्मा लेख शाक्य लगाएतको सहभागिता रहेको थियो । यो कार्य सकभर लकडाउन अवधिभर संचालन गर्न सकिने आयोजकले जनाएको छ ।