साेमबार विहान सप्तरीको खड्ग नगरपालिका -६ बिरपुरमा लकडाउन नियन्त्रण गर्ने क्रममा प्रहरी र स्थानीयबासि विच झडप हुदा १ महिलाकाे निधन भएको छ ।साेहि क्रममा ६५ बर्षीया जैनव कुजरनी खातुनकाे मृत्यु भएको सप्तरीका पत्रकार बैजनाथ यादवले जानकारी दिएका छन ।
स्थानीय बजारमा हाट बजार लागेको समयमा प्रहरीले भिडभाड नगर्न सुझाव दिदा झडप भएको थियो । साेहि क्रममा प्रहरीले छाेरालाइ कुटपिट गर्दा छुट्टाउन आएकि खातुनलाइ पनि कुटपिट गरेको र साेहि कारणले निधन भएको स्थानीयबासिकाे आराेप छ ।तर प्रहरीले भने खातुनकाे भाग्ने क्रममा हृदयघात भएर निधन भएको दावि गरेको छ ।