
थोरै मेहनत र लगानीमा धेरै आम्दानी हुने भएपछि रुकुम पश्चिमका गाउँहरुमा अबैध रुपमा अफिम खेति हुने गरेको पाइएको छ । विगतका बर्षहरु झै यो बर्ष पनि गाउँहरुमा अफिम खेती बढेको थाहा पाएपछि प्रहरी अफिम नष्ट गर्न गाउँ पसेको छ ।
यस्तो जटिल परिस्थितिमा पनि जिल्ला प्रहरी कार्यालय रुकुमले अबैध कारोबार तथा अबैध क्रियाकलापहरु निरुत्साहित बनाउन गाउँ पस्ने रणनीति अगाडि सारेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमले लकडाउनको समयमा हुन सक्ने अन्य अपराधका घटनाहरुलाई समेत निरुत्साहित गर्न आफ्नो सतर्कता बढाएको छ ।

यो समयमा घरेलुु हिंसा तथा अन्य सानातिना अपराध हरु बढिरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी ठग बहादुर केसीले जानकारी दिए । हाम्रो डिउटि जहिले पनि समाजमा अपराधहरु रोकथाम गर्ने र नागरिकलाई सुरक्षा प्रदान गर्ने हो यो निरन्तर चलिरहन्छ डिएसपी केसिले भने ।रुकुम पश्चिमका प्राय सबै तहहरुमा कतै धेरै कतै थोरै मात्रामा अफिम खेती भैरहेको खबर पाएपछि प्रहरीले गाउँ पसेर नष्ट गर्ने रणनीति बनाएको हो ।
पहिलो चरणमा पश्चिम रुकुमका सानोभेरि गाउँ पालिका स्थित वडा नम्बर ३ र ६ मा करिव ४ विगामा लगाएको गाजा र अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । उक्त क्षेत्रमा आइतबार प्रहरीले अबैध गाजा र अफिस नष्ट गरेको हो ।
स्यालापाखा,बाँफिकोट,स्यालाखदि,छिवाङ,झुला आठबिसकोट ,मग्मा आदि साविकका गाबिसहरु बढि अफिम खेती हुने ठाँउहरु हुन । अहिले पनि प्रहरीले यी ठाउहरूलाइ निग्रानीमा राखेको छ ।चिसो तथा ओसिलो ठाँउमा अफिमको उत्पादन फस्टाउने भएकाले यी गाबिसहरु जिल्लाकै सबै भन्दा बढि अफिम खेति हुदै आएका थिए ।

अफिमको अबैध खेति गरेको पाइएमा कडा कानुनी ब्यवस्था छ ।एक बोट देखि २५ बोट सम्म अफिम खेति गर्नेलाई एक वर्ष देखि ३ बर्ष सम्म कैद र पाँच हजार देखि पच्चिस हजार सम्म जरिवाना हुने ब्यवस्था छ । त्यो भन्दा माथी बोटहरुको खेती गर्नेलाई तिन बर्ष देखि १४ बर्ष सम्म जेल सजाय र २५ हजार देखि दुइ लाख सम्म जरिवाना हुने ब्यवस्था छ ।
त्यस्तै एक सय ग्राम देखि माथीको अफिम कारोबार गर्नेलाई १५ बर्ष देखि जन्मकैद सम्म जेल सजाय र पाँच लाख देखि २५ लाख सम्म जरिवाना गर्ने कानुनी ब्यवस्था छ ।