भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको सप्तरीमा र्यापिड डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ पाईएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईएको हो । आठ जनाको समूहमा जमातमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाइएकाे स्रोतले बताएको छ ।
सात जनाको मङ्गलवार राती राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब संकलन गरी परीक्षणकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको छ ।