
दक्षिण कोरियामा बुधवार संसद्को न्याश्नल एसेम्ब्लीको निर्वाचन भइरहेको छ।निर्वाचनमा मतदाताहरू मास्क लगाएर गएको देखिएको छ। उनीहरू कम्तीमा एक मिटरको दूरीमा उभिएको बताइएको छ। मतदानअघि उनीहरूको ज्वरो नापिएको थियो।उनीहरूलाई पहिला पन्जा र पछि मतपत्र दिइएको समाचारसंस्थाहरूले जनाएका छन्।यो निर्वाचनका लागि चार करोड ४० लाख नागरिक मतदाता छन्।
दक्षिण कोरियाले इतिहासमा कहिल्यै निर्वाचन नरोकेको बताइएको छ। सन् १९५२ मा कोरियाली युद्ध हुँदा पनि त्यहाँ राप्ट्रपतिको निर्वाचन भएको बिबिसीले जनाएको छ ।
यो हाम्रो मताधिकारको कुरा हो,” मतदान गर्न पर्खिरहेका मतदाताहरुले भन्दै आएका छन ।उनीहरू भन्छन
मतदान भनेको हामीले गर्नै पर्ने एउटा कुरा हो।