पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई सय ९६ जनामा ¥यापिड टेस्ट
बिधिी बाट गरिएको कोरोना भाइरस संक्रमण परिक्षण रिर्पोट नेगटिभ आएको छ ।
सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार विहान साढे नौ बजेबाट ¥यापिड टेस्ट विधिबाट परीक्षण सुरु गरिएको थियो ।
ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको स्रोतले बताएको छ ।
सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।अरुको परिक्षण पनि नियमित भैरहेको जानकारी प्राप्त भएको छ ।