स्वास्थ्य मन्त्रालयले गएको २४ घण्टामा गरिएको कोरोना भाइरस परीक्षणमा कसैमा पनि कोरोनाभाइरस संक्रमण नभेटिएको जानकारी दिएको छ ।
नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अहिलेसम्म पुष्टि भएका संक्रमित व्यक्तिको संख्या १६ मात्रै रहेको बताए । तीमध्ये एक जना पहिला नै निको भइसकेका छन् भने १५ जना विभिन्न अस्पतालमा छन् ।
यस्तै रुकुम पश्चिममा दुइ जनामा कोरोना संक्रमण पुष्टि भएको भन्ने जानकारी आफुहरुलाइ नभएको पनि प्रवक्ता देवकोटाले बताए ।
रुकुम पश्चिमका दुइ जनामा बुधबार ¥यापिड टेस्ट बाट कोरोना भाइरस संक्रमण रिर्पोट पोजेटिभ आएको भन्ने खबरहरु बाहिरीएका थिए ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ३६९ वटा नमुनाको परीक्षण गरिएको तर कुनैमा पनि कोरोनाभाइरस नभेटिएको बताए ।