
पश्चिम रुकुमको बाँफिकोट गाँउ पालिकामा भारत बाट आएका दुई जना ब्यक्तिमा कोरोना भाइरस संग मिल्दोजुल्दो लक्षण देखा परेपछि गाउपालिकामा त्रास बढेको छ । त्रास फैलन नदिन र कोरोना संक्रमण रोकथाम गर्नका लागि उच्च सतर्कता अपनाइएको छ ।
संकास्पद लक्षण देखिएका वडा नम्बर ६ र ७ का दुई जना पुरुषलाई बुधबार नै चौरजहारि अस्पतालमा भर्ना गरिएको थियो । उनिहरुको प्रारम्भिक रिपोर्ट थप परिक्षण गर्नुपर्ने खालको देखिए पछि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकास देबकोटाले रुकुम पश्चिममा दुइ जना कोरोना संक्रमण पुष्टि भएको कुरा आफुहरुलाई जानकारी नभएको बताएका छन् । स्रोतका अनुसार बिहिबार मात्रै संका गरिएका रुकुमका दुई जनाको रिर्पोट टेकु प्रयोगशालामा पुगेको हुदा शुक्रबार मात्रै बिस्तृत थाहा हुने बताइएको छ ।

यहि अवस्थालाई मध्यनजर गर्दै बाँफिकोटका सबै वडामा एक टोल बाट अर्को टोलमा आवतजावत पुर्ण रुपमा प्रतिबन्ध गरिएको छ ।
टोलका नाका नाकामा स्थानीयबासि र प्रहरीको चेकपोस्ट स्थापना गरिएको छ ।वडा नम्बर पाँचको काँडा टोलले चारै तिरको नाकामा प्रवेश निषेधको संकेत गर्दै रातो झण्डा गाडेको छ ।
गाउमाँ कुनै पनि अर्को टोलको मान्छेलाई हामीले प्रवेश निषेध गरेका छाै, स्थानीय महिला अगुवा ब्युझना पुन देवकोटाले भनिन् ।उनका अनुसार अन्य वडाले पनि एवम् तरिकाले सतर्कता अपनाएका छन् । साविकको बाँफिकोट,पिपल,मग्मा,झुला र दुुुलीको केही वडा मिलाएर बनेको बाँफिकोट गाँउ पालिकामा यतिबेला पुर्ण रुपमा हिडडुल बन्द गरिएको छ ।
महामारीको उच्च जोखिममा रहेको वडा नम्बर ६ र ७ मा सुर्खेतबाट पुगेको स्वास्थ टोलिले नमुना संकलन गरि परिक्षणको काम अगाडि बढाएको पत्रकार लोकेन्द्र खनालले जानकारी दिए । परिवारका सदस्य र उनिहरुका सम्पर्कमा आएका केही ब्यक्तिहरुको परिक्षण सुर्खेतको प्रयोगशाला बाट आएको टोलिले गरिरहेको पत्रकार खनालले बताए ।आज गरिएको परिक्षण मा २ सय ३३ जनाको रिपोर्ट नेगेटिभ आएको पनि बताइएको छ ।