काेराेना भाइरस बाट संक्रमित बागलुङकी ६५ वर्षीय महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरि अञ्चल अस्पताल बागलुङको आइसोलेसनमा उपचार गराइरहेकी महिलाको तेस्रो स्वाब परीक्षणमा नेगेटिभ आएको हो ।
नेपालमा कोरोना भाइरस संक्रमणको पुष्टी भएका दोस्रो र पाँचौ युवतीसँग एउटै विमानबाट बेल्जियम हुँदै नेपाल आएकी महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको र चौथो रिपोर्टका लागि स्वाब पठाउँने तयारी गरिएको धौलागिरि अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा. शैलेन्द्र बि. पोखरेलले जानकारी दिए ।
कोरोना संक्रमण मुक्त हुनका लागि दुईवटा रिपोर्ट नेगेटिभ आउनुपर्ने भएकाले चौथो स्वाब परीक्षणका लागि पोखरा पठाउने तयारी गरिएको छ । १५ दिन अघि कोरोना भाइरस संक्रमण भएको पुष्टी भएपछि उपचाररत महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको थियो ।
।