लकडाउनको समयमा पश्चिम रुकुममा विभिन्न अपराधका घटनाहरु बढेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका अनुसार गएको चैत ११ देखि बैशाख ४ गते सम्म विभिन्न अपराधका घटनाहरु अन्तर्गत १२ वटा जगन्य अपराधका मुद्दा दर्ता भएका छन । त्यस्तै जिल्लाभर माताहतका कार्यालयहरुमा यस अवधिमा ५८ वटा ठाडो उजुरीहरु दर्ता भएका छन्।
आत्महत्या दुरुत्सहान, बहुबिवाह, जवरजस्ती करणी,वालबिवाह, फुटकर ज्यान नवजात शिशुका एक, एक वटा गरि पाँच वटा र सार्वजनिक कसुर दुई र भबितब्य ज्यान तीन र झुण्डी मृत्युका दुइ गरि जम्मा १२ वटा मुद्दाहरु प्रहरी कार्यालयमा दर्ता भएका छन् ।
यी घटनाको अनुसन्धानको क्रममा प्रहरीले तत्कालै ११ जना मानिसहरु पनि पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो । १२ घटनाको सन्दर्भमा प्रहरीले ९ जना पुरुष, १ जना महिला र १ जना बालक लाइ नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको छ । यस विचमा ४ जना बालक दुइ जना पुरुष र एक जना महिला गरि सात जनाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै जिल्ला भर प्राप्त भएका ठाडो उजुरीहरु मध्ये प्रहरीले ४० वटा मिलापत्र,८ वटा छलफल हुन् बाँकी,३ जना हराएका फेला परेको,३वटा खोजतलास जारी रहेको ,१ जना हराएको पुरुष मृत अवस्थामा फेला परेको र ३ वटा मुचुल्का राहतको लागी सिफारिस गरिएको छ । प्रहरीले लकडाउनकै अवस्थामा अन्दाजी १० बिगाह क्षेत्रफलमा रहेको सानोभेरी गाँउपालिकाको विभिन्न वडामा रहेको अबैध अफिम तथा गाँजा खेति नष्ट गरेको छ ।
साथै अन्य स्थानमा रहेको अफिम तथा गाँजा नष्ट गर्न प्रहरीले तयारी थालेको छ । लकडाउनको समयमा अलपत्र परेका नागरिकको उद्दारको कामहरु पनि प्रहरीले गदै आएको छ । यस्तै कोरोना भाइरस संक्रमण रोकथामको लागी राज्यले अगाडी सारेका रणनीतिहरुलाइ सफल बनाउन गाँउ गाँउमा माइकिङ तथा सचेतनाका कामहरु पनि प्रहरीले गदै आएको छ ।
प्रहरीले गाँउ गाँउमा यस्तो अवस्थामा लुटपात,चोरी,डकैति तथा अन्य अपराधका घटनाहरु बढन सक्ने भन्दै नागरिकलाइ चनाखो हुन पनि अनुरोध गरेको छ । घरमै बसि लकडाउनको पालना गर्न प्रहरीले जनशक्तिले भ्याए सम्म सबै ठाँउमा दिनहुँ सुचना जारि गदै आएको छ ।
प्रहरीले सबै अपराधका घटनाहरुमा सफलता प्राप्त गरेको पश्चिम रुकुमका डिएसपी ठग बहादुर केसीले बताउछन् । ‘अपराध नियन्त्रण तथा न्युनिकरणमा नागरिक प्रहरी सहकार्य आवश्यक हुन्छ’ हामी त्यहि अपेक्षा गछौ डिएसपी केसीको भनाइ छ ।
यस्तो अवस्थाको मौका उठाउदै समाजमा विभिन्न अपराधका घटनाहरु बढ्न सक्ने तर्फ सतर्कता अपनाउदै प्रहरी थप चनाखो बनेको हो । ‘हाम्रो लागी सधै सबै अवस्था बराबर हो, नागरिकको सुरक्षा र राज्यका नियम कानुन कार्यन्वयन गर्ने कुरामा दिनरात हामीलाई मतलब छैन’ डिएसपी केसीले भने ।प्रहरीले अपराधका कारणहरु खोतल्दै अवस्थालाई नियन्त्रण गर्दै आएको छ । लकडाउनमा घरेलु हिंसाका घटनाहरु पनि बढने गरेको प्रहरीको निष्कर्ष रहेकाे छ ।