नेपालमा एकैदिन १४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । उदयपुरको मस्जिदमा रहेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ।
त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १० मध्ये ८ जनाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पाइएको हो।यस्तै चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।स्वास्थ मन्त्रालयले पनि १४ जनामा नयाँ संक्रमन पुष्टि भएको बताएको छ ।मन्त्रालयका अनुसार उदयपुर जिल्लाका १२ जना पुरुष हुन र उनिहरुकाे उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्ष रहेको छ ।
यस्तै दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् । ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए ।याे सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । एकजना भने निकाे भएर घर फिर्ता भैसकेको छन ।