नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छिन ।चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।
काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । यस अगाडि पनि पहिलो संक्रमित एकजना निकाे भएर घर फर्कि सकेका छन । अब २८ जना संक्रमितकाे उपचार भैरहेको छ ।