नेपालको छैटौं कोरोना भाइरस संक्रमित बागलुङकी ६५ वर्षीया महिलाको अन्तिम रिपोर्ट नेगेटिभ आएको छ । अन्तिम रिपाेर्ट नेगेटिभ आएपछि अस्पतालले प्रक्रिया पुरा गरि डिस्चार्ज गर्ने तयारी गरेको छ । उनको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ ।स्रोत का अनुसार आइतबार उनलाई डिस्चार्ज गरिने छ ।
चैत २० गते संक्रमण पुष्टि भएपछि ती वृद्धालाई धौलागिरि अञ्चल अस्पतालमा भर्ना गरिएको थियो । शनिबार नेपालको दोस्रो कोरोना भाइरस संक्रमित युवति टेकु अस्पताल बाट सन्चो भएर घर फर्किसकेको छिन ।