
कोरोना भाइरस बाट विश्व प्रभावित भैरहदा नेपाल र नेपाली समुदाय पनि प्रभावित छन । नेपाल समेत प्रवेश गरेको यो भाइरसले नेपाली जनजीवन पनि प्रभावित बनिसकेको छ । विषेश गरि विदेशमा बस्ने नेपाली समुदायहरु विश्वका विभिन्न देशहरुमा कोरोना भाइरस सँग कडा सर्घष गरिरहेका छन । बेलायत,अमेरिका,युरोप,इटाली जस्ता मुलकहरुमा केहि नेपालीहरुले ज्यान गुमाइ सकेका छन ।
कोरोना भाइरस संक्रमण भएपछि अस्पतालले भर्ना लिन नमान्ने,एम्बुलेन्सले बिरामी बोक्न नमान्ने घरमै उपचार गर्नु भन्ने जस्ता कुरा गरेपछि केही नेपाली दाजुभाईहरुले उपचार अभाबमा विदेशमा ज्यान गुमाएका समाचारहरु पनि आइरहेका छन । यस्तै अवस्थालाइ मध्यनजर गदै क्यानडा बाट एक नेपाली युवाले विश्वभर रहेका नेपालीहरुको हितको लागि विश्व नेपाली बहसको सुरुवात गरेका छन् । नेपाल र नेपाली समुदाय प्रति विश्वभरका नेपाली लिडरहरुले के योगदान गर्न सक्छन भन्ने निचोड निकाल्न बहसको सुरुवात गरिएको हो ।
नेपालीको लागि नेपाली विश्व बहस नेपाली समुदायको हितमा केन्द्रित हुने छ । तत्काललाई कोरोना भाइरस सग सम्बन्धित रहेर बहस गर्ने पछि यो महामारी अन्त्य भएपछि अरु बिषयमा पनि बहस हुने छ । सामाजिक अभियान्ता तथा क्यानडाका नेपाली समुदायका युवा लिडर बसन्त कार्कीले सुरु गरेको यो नेपाली बहस लोकप्रिय बन्दै गएको छ । सामाजिक सञ्जाल मार्फत भिडियो बाट गरिने बहस सबैको पहुँचमा लैजाने कार्कीको योजना रहेको छ ।

क्यानडाका नेपाली समुदायको स्वास्थ्य सुरक्षाको लागि क्यानडा सरकारले र नेपाली विभिन्न सामाजिक संस्थाले गर्न सक्ने पहलकदमीको बिषयमा सुरु गरिएको बहस अहिले विश्वब्यापी बन्दै गएको छ । नेपाली समुदायको उपचार तथा राहतमा कुनै खालको विभेद नहोस भन्दै सुरु गरेको बहस प्रभाबकारी हुदै गएको छ । क्यानडाका जनप्रतिनिधि,डाक्टर,ल्याव नर्स आदि सग बहस गरेर कार्कीले सरोकारवाला हरुलाई नैतिक रुपमा प्रतिबद्धता ब्यक्त गर्न लगाइसकेका छन । साथै नेपाली समुदाय प्रति पनि जवाफदेहि बन्न ध्यानार्कषण गराउछन् ।
बहसकाे केहि भाग याे लिङकमा छhttps://www.facebook.com/1817457861/posts/10213995789368294/
माउन्टेन एभरेष्ट टेलिभिजन को फेसबुक लाइफ मार्फत उनले अमेरिका,क्यानडा,दक्षिण कोरिया,बेलायत,युरोप,जर्मन आदि देशमा रहेका नेपाली संघ संस्थाहरु तथा राजनितिक पाटीका अन्र्तराष्ट्रिय भातृसंगठनहरुका लिडरहरु सग छलफल तथा बहस गरिसकेका छन् । बसह अत्यन्तै सान्दर्भिक भएपछि यसको लोकप्रियता पनि विस्तारै बढदै गएको छ ।
बहसमा विदेशका बिभिन्न देशहरुमा कार्यरत नेपाली डाक्टरहरुलाइ पनि समाबेश गरिन्छ । बहसमा जोडिएका ब्यक्तिहरु विचमा कुन देशमा के भैरहेको छ ? यो बिषयमा पनि अतिथिहरु विच गहन छलफल हुने र निष्र्कष समेत निकाल्ने गरिन्छ । विदेश भर सबै भन्दा धेरै पहुच बनाएको गैर आवासिय नेपाली संघ (एनआएरएन) का नेतृत्वहरुलाई समेत घचघच्याउने गरिन्छ ।
शनिबारको बहसमा दक्षिण कोरिया बाट समाजसेवी डाक्टर देवी बस्नेत, क्यानडा बाट डाक्टर पूर्ण कँडेल र अस्पतालको वाताबरणीय ब्यवस्थापन सम्बन्धि अनुभव प्राप्त राजेन्द्र पोख्रेल सँग बहस
गरिएको थियो । उक्त बहसमा कोरियाले नेपाली समुदायलाई गरिरहेको सहयोग,कोरियामा कोरोना भाइरस नियन्त्रणको लागि भैरहेका प्रभाबकारी कदमहरुको विषयमा अनुभव आदान प्रदान भएको थियो ।
यस्तो वहसमा नेपालका राजनितिक दलका प्रमुख तथा नेताहरुलाइ समेत सहभागि बनाउदै आएको संचालक कार्कीको भनाइ छ । हाम्रो मुख्य विषय कोरोना भाइरस बाट नेपाली समुदायलाइ कसरी सुरक्षित बनाउने भन्ने बिषयमा सरोकारवाला पक्षलाइ जिम्मेवार तथा जवाफदेही बनाउने हो कार्की भन्छन । केही समय अगाडी नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द पौडेल सग समेत बहस सम्पन्न भैसकेको छ । अन्य पाटीका नेताहरु सग पनि समय ब्यवस्थापन भैैरहेको बताइएको छ ।