बागलुङ कि ६५ बर्षकि काेराेना भाइरस संक्रमित महिला निकाे भएर घर फर्केकि छिन ।उनको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले शनिबार साझ डिस्चार्ज गरेको हाे ।
शनिबार दिउँसो नै टेकु अस्पताल उपचार गराइ रहेकि दाेस्राे संक्रमित युवती पनि निकाे भएर घरफर्कि सकेकि छन ।पहिलो संक्रमित यस अगाडि नै सन्चो भएर घर गैसकेका छन । अहिलेसम्म ३ जना काेराेना भाइरस संक्रमित नेपालमा निकाे भएका हुन ।

यसै विच शनिबार नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। यो सहित संक्रमितकाे संख्या नेपालमा ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
स्वास्थ मन्त्रालयले शनिबार साझ दिएको जानकारी अनुसार ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। अब नेपाल मा २९ जनाको उपचार भैरहेको छ ।