धनगढी काे सेती अस्पतालमा उपचार गरिरहेका एक युवाकाे काेराेना भाइरस दाेस्राे र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आइतबार डिस्चार्ज गरेको हाे ।स्वास्थ मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत साे कुरा जानकारी गराईएकाे हाे । २१ बर्ष ती युवा भारत बाट आएका थिए ।
यस्तै काेराेना संक्रमीत टेकु अस्पताल बाट १ र धाैलागिरि अस्पताल बाट १ गरि २ जना शनिबार नै निकाे भएर डिस्चार्ज भैसकेको छन । पहिलो संक्रमित पनि यस अगाडि नै निकाे भएर घर फर्कि सकेका छन ।अब काेराेना भाइरस बाट निकाे हुने संख्या ४ पुगेको छ भने बाकि २७ जनाको उपचार भैरहेको छ ।