
नेपाली कलाकर्मीहरुको संस्था राष्ट्रिय संगीतकर्मी संघले काठमाडौका विभिन्न स्थानमा कलाकारहरुलाई तथा अलपत्र नागरिकहरुलाई राहत वितरण गदै आएको छ । लकडाउनको समयमा समस्या परेका कलाकारहरुलाई लक्षित गदै सुरु गरिएको राहात वितरण कार्य अलपत्र नागरिकहरु सम्म पनि जोडिएको छ ।आइतबार सम्म करिव सात सय कलाकार तथा अलपत्र नागरिकलाई राहत वितरण गरिएको संघले जनाएको छ ।
लकडाउन भएपछि घर जना नपाएका तथा समस्यामा परेका सबै खालका कलाकारको लागि सुरु गरेको राहत वितरण कार्यक्रम प्रभाबकारि बन्दै गएको छ । संस्था आफैले ब्यवस्थापन गरेर राहत वितरण गदै आएको छ । पहिलो प्राथमिकता कलाकारलाई भएपनि केहि दिन यताबाट अन्य अलपत्र नागरिकलाई पनि राहत वितरण सुरु गरिएको हो । संघका पदाधिकारी तथा अन्य शुभचिन्तक बाट सहयोग जम्मा गरेर सुरु गरिएको राहत वितरण कार्य दैनिक जसो चलिरहेको छ ।

शनिबार सम्म २२ औ दिन पुगेको राहत वितरण कार्य निरन्तर जारि रहने राष्ट्रिय संगीतकर्मी संघका महासचिव बिक्रम जंग शाहले जानकारि दिए । शाहका अनुसार राहत वितरण कार्यमा संघका अध्यक्ष राजेन्द्र कुमार कार्की लगाएत कार्यसमितिका अधिकासं पदाधिकारीहरु दैनिक खटिदै आएका छन । राहत स्वरुप पिडितलाई चामल,दाल,तेल,नुन आदी वितरण गरिदै आएको छ । छिटो र प्रभाबकारी होस भन्दै दैनिक दुइ समुहमा विभाजित भएर काठमाडौका बिभिन्न ठाँउमा राहत वितरण गरिदै आएको छ ।

समस्यामा परेका महानुभावहरु राहत पाउन बाट बञ्छित भएको भए सम्पर्क गर्न समेत संघले सबैलाई आह्वान गरेको छ । गएको चैत्र १६ गते बसेको केन्द्रीय समितिको बैठकले संस्थासँग आवद्ध तथा कलाकर्मीहरुलाई सहयोग वितरण गर्ने निर्णय गरेको थियो ।

संस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्कीका अनुसार संस्थाका महासचिव बिक्रम जङ शाहको संयोजकत्वमा सात सदस्य रहने गरि विपत व्यवस्थापन समिति गठन गरिएको थियो । अमृत खाती, उमा श्रेष्ठ, मिलन श्रेष्ठ, नारायण सापकोटा, राज कुमार हुमागाइ र सन्तोष अधिकारी सदस्य रहने गरि निर्माण गरिएको विपत ब्यवस्थापन समितिमा अध्यक्ष कार्की संरक्षक रहेका छन ।
राज्यले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि अगाडी सारेका रणनीतिहरुको पुर्ण पालना गदै राहत वितरण भैरहेको अध्यक्ष कार्कीको भनाइ रहेको छ ।