
अमेरिकी तेलको मूल्य पहिलो पटक घटेको छ ।विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएसँगै तेलको माग निकै कम भएको छ।फलस्वरूप तेल कम्पनीहरूले बढी भएको तेल भण्डारण गर्नका लागि ट्याङ्कर भाडामा लिन थालेका छन् र यसले अमेरिकी तेलको मूल्यमा नकारात्मक प्रभाव पारेको छ।अमेरिकी तेलको मानक वेस्ट टेक्सस इन्टरमीडिएटको प्रतिब्यारेल मूल्य माइनस ३७.६३ अमेरिकी डलरमा झरेको छ।
सोमवार तेलको मूल्यमा गिरावट देखिनुमा विश्व तेल बजारको प्राविधिक पक्षको पनि भूमिका छ।तेलको कारोबार भविष्यको मूल्यका आधारमा गरिन्छ। मे महिनाका सम्झौताको म्याद मङ्गलवार सकिँदैछ र व्यापारीहरू तेलको थप वितरण लिएर भण्डारण खर्च गर्नबाट जोगिनका लागि आफूसँग रहेको तेल बेच्न चाहन्थे।जुन महिनामा पनि वेस्ट टेक्सस इन्टरमीडिएटको मूल्य कम नै थियो। तर त्यति बेला पनि प्रतिब्यारेल मूल्य २० अमेरिकी डलर थियो।
यसैबीच, जुन महिनाको सम्झौताका आधारमा कारोबार भइरहेको ब्रेन्ट क्रुड भनिने अन्तर्राष्ट्रिय मापदण्डको तेलको मूल्यमा पनि गिरावट आएको छ ! ८.९ प्रतिशतले तल झर्दै उक्त तेलको मूल्य प्रतिब्यारेल २६ अमेरिकी डलर पुगेको बिबिसीले जनाएको छ ।