
उदयपुरमा एकदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ४२ पुगेको छ ।
उदयपुरबाट संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा र टेकु प्रयाेगशालामा परिक्षण गर्दा ११ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले साझ ७ बजे विज्ञप्ति जारि गर्दै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको जानकारी दिएको हाे । यसै विच प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने तयारी गरेको छ ।