
पश्चिम रुकुमको एक बादी समुदायको बस्तीमा लकडाउनकाे कारणले पिउने पानीको समेत अभाव देखिएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नं. १ लामिछाने गाउँमा रहेको बादी समुदायमा पानीको अभाव देखिएपछी हो ।
बादी समुदायमा पानीको अभाव भएको खबरपछि बि. एण्ड बि. इन्टरप्राईजेज चौरजहारिले मंगलबार बादी समुदायका हरेक घरमा पानी बितरण गरेको छ ।
बस्तिका १८ घर र आसपासका अन्य घरमा केहि दिन पानी पुग्नेगरी पानी पुर्याईएको छ ।
बि. एण्ड बि. इन्टरप्राईजेजका प्रमुख बालिका भण्डारी बुढाका अनुसार, पिउने पानीको समेत अप्ठ्यारो परिरहेको सुनेपछि ट्यांकरमा मुहानबाट पानी ल्याएर बादी समुदायमा बितरण गरिएको हो । चौरजहारी उद्योग बाणिज्य संग रुकुम पश्चिमको सदस्य समेत रहेकि भण्डारीले यो सानो सहयोग गरेको भन्दै दलित, बिपन्न र अप्ठ्यारोमा परेकाहरुलाई सक्दो सहयोग गर्न तयार रहेको बताइन ।
स्थानीय राजकुमार बादिले यसरी घरमै पानी ल्याईदिएकोमा बि. एण्ड बि. इन्टरप्राईजेजलाई धन्यवाद दिदै भने- “यस्तो अप्ठ्यारो बेला हाम्रो अभाव बुझिदिनुभयो, केहि दिन पिउने र घरायसी काममा यो पानीले सघाउ पुग्नेछ ।”
दैनिक काम गरेर परिवारको दैनिकि गुजार्दै आएका बादी समुदायमा कोरोना संक्रमणको कारण थपिएको लकडाउनले दैनिकी कठिन बन्दै गएको छ । यस्तो अप्ठ्यारो बेला बिपन्न परिवारलाई घरमै पानी ल्याईदिनु समाजसेवाको नमुना कार्य भएको स्थानीय जनप्रतिनिधि प्रेमलाल आचार्यले बताउछन ।पिउने पानीको समेत अभाव हुन थालेपछि यहाका बासिन्दा नजिकैको खोला र भेरी नदिको पानी पिउन बाध्य छन ।