कोरोना संक्रमित धादिङका एक युवा पनि निको भएका छन्। उनको अन्तिम रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले जनाएको छ ।
धादिङको स्थानीय तहसँगको सम्पर्क र समन्वयपछि मात्र डिस्चार्ज गर्ने अस्पतालले जनाएको छ ।युएईबाट आएका धादिङका ती युवालाई चैत १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनीसहित नेपालमा कोरोना संक्रमण बाट निको भएर घर फर्कनेकाे संख्या ६ पुगेको छ ।
टेकु अस्पतालबाट नै यसअघि दुई जना निको भएर घर गइसकेका छन्। धनगढी स्थित सेती अस्पतालबाट दुई जना ,बाग्लुङस्थित धौलागिरी अस्पतालबाट एक जना र उनी सग १ गरि डिसचार्ज हुनेकाे संख्या ६ पुग्ने छ । नेपालमा हालसम्म ४३ जनामा कोरोना देखिएको छ।सबैभन्दा बढि २४ जना उदयपुर जिल्लामा संक्रमित भएका छन ।