
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकता घोषणा भएको छ। बुधबार राति उनीहरूबीच एकता गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो।
दुई पार्टी एकता भएपछि नाम ‘जनता समाजवादी’ राखिएको छ। एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको झण्डा हुनेछ भने चुनाव चिन्ह छाता हुनेछ।
लामो समयदेखि एकीकरण प्रक्रियामा रहेको राजपा र समाजवादीबीच बुधबार राति सहमति भएको हो।