
कोरोना भाइरस बाट प्रभावित बिद्यार्थीहरुको लागि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले बिषेश राहतको घोषणा गरेका छन । प्रधानमन्त्रीको राहत घोषणाले कोरोना भाइरसका कारण घरमै बसि आर्थिक संकट झेलिरहेका बिद्यार्थीहरुलाई खुसि बनाएको छ । विद्यार्थीहरुलाई लक्षित गदै प्रधानमन्त्री जस्टिनले ९ मिलियन डलर बजेट बिनियोजनको घोषणा गरेका छन् । लामो समय सम्म लकडाउन हुदा घरभाडा देखि अन्य शुल्क कसरी तिर्ने भन्ने चिन्ता रहेका बिद्यार्थीहरुलाई राहत हुने अपेक्षा लिइएको छ । यस्तो अवस्थामा प्रधानमन्त्रीको राहत घोषणाले बिद्यार्थीहरुलाई खुसि बनाएको छ । यो राहत प्याकेज बाट नेपाली बिद्यार्थीहरु समेत लाभान्वित हुने छन ।
यस अगाडी क्यानडा सरकारले मजदुरहरुको लागि आपतकालीन कोष खडा गरि प्रति व्यक्ति २ हजार डलर ४ महिना सम्म दिदै आएको छ । यस्तै बैंकका लोन घरको मोर्गेज ,लोनको ब्याज ,गाडीको किस्ता ,जस्ता सम्पूर्ण ऋणिहरुलाई ६ महिना सम्म तिर्नु नपर्ने घोषणा पनि गरेको थियो । यसको साथ साथै पछिल्लो समयमा बिद्यार्थीहरुको लागि प्रधानमन्त्रीले छुट्टै ९ मिलियन डलर बजेट बिनियोजन गरेका हुन । यो सुबिधा मे महिना देखि लागु भै अगस्ट महिना सम्म उपलब्ध हुनेछ । विद्यार्थी सेवा अनुदान, जसले विद्यार्थीहरूलाई बहुमूल्य कार्य अनुभव र सीप प्राप्त गर्न मद्दत गर्ने अपेक्षा समेत रहेको प्रधानमन्त्री जस्टिन ट्रूडोले बताएका छन ।
यस्तै क्यानडामा कोरोना भाइरसका कारण बन्द भएका साना तथा मझौला व्यापार ब्यबसाय हरुलाई ४० हजार डलर सम्म ऋण स्वरूप राहत दिएको छ । उक्त ऋण २०२२ सम्ममा तिर्नेहरुको हकमा सावाको २५ प्रतिसत छुट पाउने व्यवस्था समेत गरेको छ । सो ऋण स्वरूप् राहत पाएपछि साना तथा मझौला व्यापारी हरुले प्रधानमन्त्री जस्टिन ट्रूडोको प्रसंसा गरेका छन