नेपालमा थप २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। बिहीबार स्वास्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ ।