पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु उपचारपछि बिहीबार घर फर्किएका छन् । उनीहरु पाटन अस्पतालमा उपचाररत थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्तिहरु डिस्चार्ज भएको जानकारी दिएका हुन् ।
उनीहरु आमा-छोरा हुन् । उनीहरुमा वैशाख १ गते कोरोना पुष्टि भएको थियो । याे सगै काेराेना संक्रमण बाट निकाे भएर घर फर्कनेकाे संख्या ९ पुगेको छ । यस्तै अब देशका विभिन्न अस्पतालहरुमा ३८ जनाकाे उपचार भैरहेको छ ।