
प्रत्येक वर्ष वैशाख देखि असार सम्म सुरु हुने यार्सागुम्बा संकलन सिजन यो बर्ष पनि सुरु भैसकेको छ । तर सिजन सुरु भएपनि कतिपय जिल्लामा कोरोना भाइरसको कारणले यो बर्ष यार्सा संकलन कार्य स्थिगित भएको छ । विश्वकै उत्कृष्ट यार्सा गुम्बा पाइने नेपालको डोल्पा जिल्लामा यो बर्ष यार्सा संकलनलाई स्थगित गरिएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले यस वर्ष यार्सागुम्बा संकलनमा रोक लगाउने निर्णय गरेको हो । तर पनि स्थानियबासीहरुले खोल्न माग गरिरहेका छन । नेपालमै बहुमूल्य जडीबुटीको यार्सागुम्बाको उर्वर भूमिको रूपमा चिनिने डोल्पामा विगत वीस वर्षदेखि व्यावसायिक रूपमा यार्सागुम्बा संकलन हुँदै आएको रेर्कड रहेको छ ।
यस्तै अर्को उत्कृष्ट यार्सा गुम्बा पाउने रुकुम पुर्वको बुकी पाटन क्षेत्रमा यार्सा संकलन गर्ने की नगर्ने भन्ने बिषय अझै टुंगो लागेको छैन । एक पटक भएको छलफलले टुंगो लगाउन सकिएन फेरि कार्यपालिका बैठक बस्दै छ अनि टुंगो लाग्छ पुथाउत्तरगंगा गाउपालिकाका अधिकृत रबिन्द्र बुढाक्षेत्रीले बताए ।
बुकीमा पाइने यार्सागुम्बाको सबै नेतृत्व पुथाउत्तरगंगा गाउपालिकाले गर्छ । जनप्रतिनिधी तथा स्थानियबासीहरुले स्थगित नगरि खोल्नु पर्ने दबाब दिइरहेका छन । तर कोरोना भाइरस संक्रमणको खतरा मध्यनजर गर्दै माथिल्लो निकायबाट यार्सा संकलन स्थगित गर्न अनुरोध गरिएको छ । लकडाउन अझै लम्बिए संम्भवत त्यसक्षेत्रमा पनि यार्सा संकलन स्थगित हुने निश्चित छ ।
यो सिजनमा प्रत्येक बर्ष हजारौ नेपालीहरु यार्सागुम्बा टिप्न पहाडतिर लाग्ने गर्छन्। उनीहरु पुरै गाउँ र बस्ती नै खाली गरेर यार्सा टिप्न जाने गर्छन् । लाखौ कमाई र करोडौको ब्यापार हुने यार्सा सिजन पुर्वी रुकुमका नागरिकहरूको लागि एक पर्व जस्तै हो । उनीहरु स्कुल नै बन्द गरेर पहाडको माथि माथि महिनौ दिनसम्म बसोबास गरी यार्सा संकलन गर्ने गर्दछन् । पुर्वी रुकुमका मानिसहरुको आम्दानीको स्रोत भनेकै यार्सा गुम्बा हो ।

अघिल्ला वर्षहरूमा छिमेकी जिल्ला रुकुम, जाजरकोट, सल्यान लगायतका जिल्लाबाट दशौँ हजार सर्व साधारण यार्सागुम्बा संकलनका लागि रुकुम पुर्व र डोल्पा सम्म पुग्ने गथ्र्ये । यार्सा गुम्बाले क्यान्सरको अचुक औषधि र खास गरी यौन क्षमता बढाउने काम गर्ने भनाइ रहेको छ । अन्तराष्ट्रिय बजारमा एक किलो यार्सागुम्बाको मूल्य करीब एक लाख डलर सम्म रहेकाे छ ।