जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । अमेरिकामा वितेकाे २४ घण्टामा मात्रै ३ हजार भन्दा बढी मानिसको ज्यान गएको छ । अहिले अमेरिकामा ८,७०,००० भन्दा बढी संक्रमित भएको पुष्टि भएको छ । तर संक्रमणको तथ्याङ्क विश्लेषण गर्दा युरोपेली राष्ट्रको दाँजोमा अमेरिकामा अझै पनि मृत्युदर कम रहेकोमा ह्वाइट हाउसको कार्यदलले जोड दिएको छ।
जोर्जा, अलास्का र ओक्लहोमामा केश काट्ने सलूनसहित केही व्यवसाय खुल्न थालेका छन्।अहिलेसम्मको सङ्ख्या हेर्दा अमेरिकामा कोरोनाभाइरसका कारण सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या विश्वमै बढी छ ।
अमेरिकाको जनसङ्ख्या ३३ करोड छ जुन कोरोनाभाइरसबाट अतिप्रभावित स्पेन र इटलीको भन्दा धेरै हो । ह्वाइट हाउसको कोभिड(१९ कार्यदलका विज्ञ डेबोरा बिर्क्सले अमेरिकामा “पूरै विश्वमा भएकामध्ये कम मृत्युदर” रहेको बताइन् । प्रतिव्यक्तिको आधारमा हेर्दा अहिले अमेरिकामा कोभिड(१९ का कारण मृत्युदर स्पेन, इटली, फ्रान्स, बेल्जम र यूकेको भन्दा कम भएको बिबिसिले जनाएको छ ।