सरकारले गठन गरेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको बैठकले आन्तरिक/अन्तर्राष्ट्रिय उडानलाई जेठ २ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ।शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले जेठ २ सम्म उडान बन्द राख्ने निर्णय गरेको हाे ।
सरकारले वैशाख १८ गतेसम्म उडान बन्द राखेको थियो। उक्त समय थप बढाएर जेठ २ सम्म पुर्याइएको हो।अब बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन खुकुलो बनाउने वा कायमै राख्ने भन्नेबारे निर्णय गर्नेछ।