व्यास नगरपालिका-१ निर्मलबस्तीमा एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन ।अपाङ्गता भएका १५ वर्षीय छोरा विपीन श्रेष्ठको शुक्रबार तथा आमा ३४ वर्षीया रवीना र उनकी अपाङ्गता भएकी ११ वर्षीया छोरी प्रिया शनिबार मृत भेटिका हुन् ।
विपीनको प्रहरीले मुचुल्का तयार गरी शुक्रबार नै शव परीक्षण गरी दाहसंस्कारका लागि आफन्जनलाई जिम्मा लगाइएको थियो । उनको मृत्यु हुनु दुई दिनअघि (वैशाख १० गते)देखि नै उनका आमा र बहिनी हराएपछि उनीहरुको खोजी गरिदिन आफन्तजनले प्रहरीमा जाहेरी दिएका थिए ।
छोराको घाँटीमा डोरीले बाँधेको जस्तो दाग देखेपछि आमाले हत्या गरी फरार भएको हुन सक्ने प्रहरीले आशङ्का गरे पनि शनिबार आमाछोरी मादीसेती नदी किनारमा मृतावस्थामा भेटिएपछि प्रहरीले घटनाका बारेमा अहिल्यै केही भन्न नसकिने जनाएको छ ।घटनाको बारेमा विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।रासस