विश्वभरि कोरोनाभाइरसबाट मृत्यु हुने मानिसहरूको सङ्ख्या दुई लाख नाघेको अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।विश्वभरि सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको सङ्ख्या २८ लाखभन्दा बढी रहेको उसको तथ्याङ्कमा उल्लेख भएकाे बिबिसीले जनाएकाे छ ।
संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ५० हजार नाघेपछि विश्वभरिको पछिल्लो विवरण आएको हो।अमेरिकामा कोरोना भाइरसले विश्वका अरू मुलुकमा भन्दा धेरैको ज्यान लिएको छ।
चिनियाँ सरकारकी सञ्चारमाध्यममा अनुसार देशमा कोरोनाभाइरससँग सम्बन्धित पहिलो मृत्यु ज्यानुअरी ११ तारिखमा भएको थियो।त्यसयता २१० भन्दा बढी देश तथा भूभागमा कोरोनाभाइरससँग सम्बन्धित मृत्युका घटना भएका छन्।