
विश्व महामारीकाे रुपमा फैलिरहेकाे काेराेना भाइरसकाे असर साइप्रसमा पनि महामारीको रूपमा फैलिएको छ। गएको २४ मार्चबाट सुरु भएको लकडाउन दाेस्राे चरण हुदै अप्रिल ३० सम्म भनिएको छ।लकडाउन अझै लम्बिने सम्भावना निश्चित छ।लकडाउनले यहाँको अर्थतन्त्र थलिएकाे छ। राेजगारि बन्द भएपछि विभिन्न देशबाट यहाँ आएका नागरिकहरु समस्यामा परेका छन।
राेजगारिकाे आकर्षक गन्तव्य मानिने साइप्रसमा चार हजार ५ सयको हाराहारीमा नेपाली विद्यार्थी छन भने १३ हजार आसपासमा नेपाली कामदार पनि यहाँ कार्यरत छन।
याे सिजन यहाँको पर्यटनकाे लागि सिजन हाे ।आर्थिक बृद्वि, राेजगारि र आम्दानीको मुख्य आयस्रोत यहाँको पर्यटन ब्यवसाय हाे। यतिबेला यहाँका हाेटल,रेस्टुरेन्टहरु पर्यटकले भरिभराउ हुन्थे भने रोजगारीको अवसर पनि उत्तिकै हुन्थ्यो । तर यतिबेला यी क्षेत्रकाे काम पुर्ण रुपमा ठप्प भएपछि मानिसहरु घरमै बसिरहेका छन।यसकाे मुख्य मारमा नेपाली विद्यार्थीहरु परेका छन ।
घरेलु कामदारहरुकाे रूपमा कार्यरत कामदारहरुको काम चलिरहेको छ।समस्यामा परेका विद्यार्थी तथा अन्य केहीलाई एनआरएनए साइप्रसकाे नेतृत्वमा विभिन्न संघ संस्थाहरुकाे सहकार्यमा राहत वितरण भैरहेकाे छ ।
अहिलेसम्म काेहि एक जना नेपालीलाई पनि काेराेना संक्रमण भएको छैन ।फाट्टफुट्ट काम गरि रहेकाहरुले पनि उच्च सुरक्षा ब्यवस्थाका साथ काम गरिरहेका छन।पछिल्लो समय काेराेना संक्रमितहरुकाे संख्या उच्च सतर्कताकाे कारणले घटिरहेको छन।सङ्क्रमण बढने भन्दा घटने तिर गैरहेकाे हुदा आशा पनि जागेको छ।
आजको मिति सम्म साइप्रसमा ८१०जना संक्रमित भएका छन। यहाँ जम्मा मृत्यु हुने काे संख्या १४जना पुगेको छ। संक्रमित मध्येबाट हाल सम्म १४८जना निको भएर घर फर्की सकेका छन्।हाल ६४८जना बिरामीको सङ्ख्या रहेको छ।जसमा १५ जना सिकिस्त रहेको जानकारी प्राप्त भएको छ।
नेपाली दूतावास इजरायलको तथ्यांकअनुसार १३/१४ हजारको हाराहारीमा नेपालीहरु विभिन्न पेशा ब्यबसाय र विद्यार्थीहरु साइप्रसमा रहदै आउनुभएको छ।चिसो मौसमका कारण होटेल रेस्टुरेन्ट लगाएत विद्यार्थीहरुले पार्ट टाइमको रूपमा पाउने काम बन्द छ। तातो मौसम सुरु हुने बित्तिकै होटल रेस्टुरेन्ट लगायत अन्य काम समेत सुरु हुने बेलामा कोरोना संक्रमणका कारण लकडाउन हुदा थप समस्या भएको हाे ।
विद्यार्थीहरुको समस्यामा सहयोग गर्नलाई नेपाली जनसम्पर्क समिति साइप्रसले राहत वितरण गरेकाे थियो हालसम्म पनि याे कार्य जारि छ। एनआरएनए साइप्रस सग विभिन्न संघसंस्थाहरु सहकार्य गर्दै पहिलो चरणमा विद्यार्थीहरु लगायत आउट लिभिङमा काम गर्नेहरुलाई समस्या बुझेर खाद्यान्न वितरण गरेकाे छ।दोस्रो चरणको लागि अन्य थप संघसंस्थाहरु र दाताहरु मिलेर राहत वितरण गर्ने तयारी भइरहेको छ। समस्यामा परेकाहरुलाई नेपालीहरुले ब्यक्तिगत हाेस या संस्थागत दुबै तरिकाले सहयोग गरिरहेका छन ।
नेपाली राजदुतावासको पहल तथा साइप्रसका कन्सुलेट र एनआरएनए साइप्रस को समन्वयमा साइप्रस सरकार सग लकडाउन कै बेला राहत वितरण अनुमति पास लिएर विभिन्न संघसंस्थाहरु सम्मिलित राहत वितरण समितिबाट वितरण भइरहेको छ।नेपाली जनसम्पर्क समिति साइप्रसको छुट्टै राहत वितरण कार्यक्रम पनि दोस्रो चरणमा प्रवेश गरेकाे छ ।
कतिपय नेपालीहरु नेपाल फर्कन चाहेकोले एनआरएनए साइप्रस र अवैतनिक दूतावासको पहल र समन्वयमा साइप्रसलाई समेत हेर्दै आएको नेपाली दूतावास इजरायलले दूतावासको वेबसाईटमा घर फर्कन चाहनेहरुलाई विवरण पेश गर्न अनुरोध गरेको छ।
दूतावासको अनुरोधलाई सहजताका लागि विभिन्न अन्लाईन मिडिया,संघसंस्थाका र ब्यक्तिगत फेसबुकमा प्रचार गरेका छौं। घर फर्कन चाहनेहरुको विवरण प्राप्त भएपछि दूतावास मार्फत कुनै प्रक्रियाबाट कसरी नेपाल फर्काउने भन्ने विषयमा नेपाल सरकारलाई दूतावास मार्फत विवरण पेश गर्ने नेपाली दूतावास इजरायलले जनाएको छ। प्रक्रिया पूरा गर्दा केही समय पक्कै लाग्छ नै समस्यामा परेका नेपालीहरु स्वदेश फर्कन पाउने आशा गरेका छौं।
(लेखक :सरस्वती खनाल विगत ४ बर्ष देखि साइप्रसमा कार्यरत सकृय नेपाली समाजसेवी महिला हुन।विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनी हाल जनसम्पर्क समिति साइप्रसकाे महामन्त्री समेत छिन साथै एनआरएनए साइप्रसको NCC सदस्य पनि हुन )