
शहरमा बस्ने अधिकांश मानिसहरु यतिबेला लकडाउनको कारण गाउँमा फर्केका छन । शहरको जस्तो गाउँमा कडा लकडाउन पनि छैन । यहीँ मौकामा गाउँहरुमा चहलपहल बाक्लो छ । गाउँमा चहलपहल सगै विकृतिहरु पनि बढन सक्ने अनुमान प्रहरीको छ । यहि अवस्थालाई मध्यनजर गर्दै पश्चिम रुकुम प्रहरीले नयाँ अभियान सुरु गरेको छ ।

शहरका विकृतिहरु गाउँमा भित्र सक्ने र लकडाउनको मौकामा अपराधहरु बढन सक्ने तर्फ सचेत हुदै प्रहरीले ‘जहाँ बस्ति त्यँहा प्रहरी गस्ती’ अभियान सुरु गरेको हो । लकडाउनको विचमा पनि प्रहरी समक्ष ठाडो उजुरी तथा मुद्दाहरु बढन थालेपछि प्रहरीले प्रभावकारी कदम चालेको हो ।
यो अभियानले समाजमा हुने विकृतिहरु जुवातास,रक्सि,झैझगडा ,लुटपाट तथा अन्य साना ठुला सबै अपराधलाई लक्षित गरेको छ । गाउँमा स्थापना भएका क्वारेन्टाइन अनुगमन र सुरक्षा पनि प्रहरीले गर्दै आएको छ । शहरमा बस्ने मानिसहरु गाउँमा छन,विकृति पनि शहर बाटै भित्रिन्छ त्यसैले हामी बस्ती बस्तीमा छौ पश्चिम रुकुमका डिएसपी ठग बहादुर केसि भन्छन । प्रहरीले प्रत्येक महिनाका अपराध तथा घटनाको डाटाहरु अध्ययण , विश्लेषण गर्छ अनि कारणहरु खोज्छ र समाधानको बाटोमा जान्छ ।
समाजका अपराधहरु न्युनिकरण गर्न प्रहरी सधैं अग्रसर नै, डिएसपी केसि भन्छन, यो बेलाको अवस्था अलि बढि हाम्रो निग्रानीमा छ । ‘जहाँ बस्ती त्यहाँ गस्ती सगैै प्रभाबकारि ढंगले संचालन गरेको अर्को कदम हो, अफिम नष्ट गर्ने ।गाउँमा अबैध तरिकाले खेती गरि लगाएको अफिम र गाँजा नष्ट गर्न दिनहुँ प्रहरी गाउँ गाउँमा पुग्छ ।

जिल्लाका सबै स्थानीय तहमा अफिम नष्ट गर्दै हिडेको प्रहरीले समाजका अन्य गतिविधिहरु पनि अनुगमन गर्छ । दुई हप्ता अगाडि बाट सुरु गरेको बस्ती बस्तीमा गस्ती अभियानले धेरै बिगाहामा लगाएको अफिम नष्ट गरिसकेको छ । यस्तै उद्दार तथा राहतका कामहरुमा पनि रुकुम प्रहरीले नागरिकलाई सघाउदै आएको छ ।