सरकारले इपिएस पास गरेका मजदुरहरुलाई दक्षिण कोरिया पठाउन प्रकृया सुरु गर्ने भएको छ ।कोरोना भाइरसका कारण अन्योल भैरहेको कोरिया मजदुर पठाउने काम तत्काल सरकारले सुरु गर्ने बताएकाे हाे । इपिएस पास भएर छनाैट भएर बसेका श्रमिकहरुलाई लकडाउनकै बिचमा सरकारले काेरिया पठाउने भएकाे हाे ।
आइतबार बसेको मन्त्रीपरिषदको बैठकले अन्य देशमा रोकेर भएपनि कोरिया मजदुर पठाउने निर्णय गरेको सुचना तथा संञ्चार मन्त्री युवराज खतिवडाले जानकारि दिए ।
दुइ देशको आपसी समझदारी गरेर मजदुरहरु चाँडै कोरिया पठाइने सरकारले बताएको छ । सरकारले विदेशको सिमा नाका बैशाख ३० सम्म आगमन बन्द गरेको छ ।