
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायलाई जिल्ला अदालत काठमाडौले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
सोमबार काठमाडौ जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले उपाध्यायलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उपाध्यायलाई गएको वैशाख १० गते उपाध्याय पक्राउ गरिएको थियो । उपाध्यायविरुद्ध आइतबार साइबर क्राइमको मुद्दा दर्ता भएको थियो । उनलाई ५ वर्षसम्म कैद सजाय दिन माग गरिएको थियो ।