
क्यानडाका चर्चित नेपाली सामाजिक अभियान्ता मित्र काफ्ले क्यानडाकाे विआरएसी(ब्रम्पटन रेसिडेन्ट एशोसिएसन)को निर्देशकमा नियुक्त भएका छन् ।नेपालकाे स्याङ्जा घर भएका काफ्लेलाई विआरएसीका सभापति कुरियन प्राक्कनमले संस्थाको निर्देशकमा हालै नियुक्त गरेका हुन् ।
क्यानाडामा उद्यमी तथा समाजसेवीको रुपमा काम गर्दै आएका काफ्ले घर जग्गाको लगानीकर्ता, सामाजिक, राजनीतिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तिका रुपमा परिचित छन् ।यी महत्त्वपूर्ण याेगदानकाे आधारमा उनलाई उक्त पदमा नियुक्त गरिएको हाे ।उनलेे महिला शसक्तिकरण, बाल अधिकार, द्वन्द्व व्यवस्थापन, लोककल्याण, राष्ट्रिय तथा अन्तर्राष्टिय राजनीतिको क्षेत्रमा समेत कार्य सम्पादन गर्दै आएका छन् ।
गैर नेपाली संघ (एनआरएनए) क्यानाडाका संस्थापक तथा एशोसिएन अफ नेप्लिज इन अमेरिकाज्का पूर्व अध्यक्ष, पश्चिम सामुदायिक सेवा इन्कर्पाेरेशनको अध्यक्ष समेत भइ कार्य अनुभव बटुलिसकेका छन् ।यसका साथै ब्राम्टन माउण्ट एभ्रेस्ट लायन्स क्लवको (चार्टर), क्यानाडाको संस्थापक पहिलो निर्वाचित सभापति, विश्व अन्तर्राष्टिय नेपाली समुदायको देशीय निर्देशक, जीआईडिएसएस नेपाल, सुरक्षित र स्वस्थ नेपालका संस्थापक सिमाविहीन अन्तर्राष्टिय क्यानडा शाखाको प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत कार्य गरीसकेका छन् ।