दक्षिण कोरियाको गेओन्गी प्रान्तमा निर्माणाधिन साइटमा रहेको एउटा गोदामघरमा आगलागी हुँदा कम्तीमा ३६ व्यक्तिको मृत्यु भएको बिबिसीले जनाएको छ ।मंगलबार राति १:३२ बजेकाे समयमा आगलागी शुरु भएको थियो । राजधानी सोलबाट करिब ८० किलोमिटर दक्षिणपूर्वमा अवस्थित निर्माण साइटमा रहेको गोदामको
बेसमेन्ट फ्लोरबाट सो आगलागी शुरु भएको बताइएको छ।
। आगलागी शुरु भएको सो समयमा कम्पनीका ८० जना कामदार भवनभित्र नै रहेका थिए । यस आगलागीमा परी ३६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ । अन्य सात जना घाइते भएका छन् । घटनामा पिडितहरु स्वदेशी वा विदेशी हुन केही खुलाइएको छैन ।
अझै पनि कैयौ श्रमिक बेपत्ता रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । अग्नि नियन्त्रण विभागका अधिकारीहरुलाई उदृत गर्दै समाचारहरुमा जनाइए अनुसार निर्माणको क्रममा युरेथनको प्रयोगको क्रममा एउटा अप्रत्याशित विस्फोट भई सो आगलागी भएको हाे ।प्रधानमन्त्री चुंग सिए-कुयुनले घटना अत्यन्तै दुखत भएको भन्दै “सबै आवश्यक स्रोतहरू” परिचालन गरि उद्वार कार्यलाई प्रभावकारि बनाउन आदेश दिएका छन ।