
क्यानडाकाे सामाजिक,आर्थिक, साँस्कृतिक तथा राजनीतिक वातावरणमा राम्रोसँग घुलमिल भएको एउटा नेपाली नाम हाे मित्र काफ्ले ।११ बर्ष अगाडि क्यानडा प्रवेश गरेका काफ्लेका क्यानडामा अनगिन्ती सामाजिक भुमिकाहरु छन । चाहे नेपाली समुदाय समक्ष हाेस चाहे इन्डो, पाकिस्तानी, एसियन, अफ्रिकन् र अन्तर्राष्ट्रिय क्यानेडियन एवम् क्यानेडियन सरकार समक्ष हाेस उत्तिकै लाेकप्रिय नाम हाे मित्र काफ्ले ।
क्यानडाकाे हरेक गतिविधि तथा बिकासकाे प्रगतिलाई गहिरो अध्यन् गरी राम्रोसँग बुझिसकेका र आफ्नो क्षमता लाई कुनै पनि परिस्थितीमा सदुपयोग गर्न सक्ने खुबी बनाएका काफ्लेलाई हालै त्यहाँको ३ ओटै सरकार सँग मिलेर काम गर्ने संस्थाले महत्त्वपूर्ण जिम्मेवारी प्रदान गरेको छ । एसियन मुलुकहरुका क्षमतावान दक्ष नागरिकहरु मध्ये बाट उत्कृष्ट छनाैट गरि चर्चित नेपाली सामाजिक एवम् राजनीतिक अभियान्ताकाे रुपमा स्थापित काफ्लेलाई क्यानडाकाे विआरएसी ( ब्रामटन रेसिडेन्ट एशोसिएसन काउन्सिल् ) को निर्देशकमा नियुक्त गरिएको छ ।
उनलेे नियुक्ति पाएकाे बिआरएसी क्यानडा रिजन् अफ पील को ग्रेटर् टोरन्तो को ब्रामटन शहरमा बसोबास गर्ने बासिन्दाहरुको आबद्धतामा छरिएर रहेका संघ संस्थाहरुको आधिकारीक मुख्य मुनाफा मूलक एउटा निकाय हो । यसले ब्रामटनमा बसोबास गर्ने रिजन् ओफ पील ब्रामटेनियनहरुको उन्नति, प्रगतिको लागि ३ ओटै स्थानीय, प्रान्तिय तथा केन्द्रिय सरकार र सरोकारवाला संग समन्वय गर्ने काम गर्छ ।क्यानडा को सरकार सँग मिलेर बिशेष कामहरु गर्ने त्यो संस्थाले पत्याएर गरेको याे नियुक्ति सगै काफ्लेको अन्तर्राष्ट्रिय नेपाली जगतमा पछिल्लो समय अझ चर्चा चुलिएको छ । क्यानडामा उद्यमी, राजनीतिक तथा समाजसेवीको रुपमा स्थापित काफ्ले घर जग्गाको लगानीकर्ता, सामाजिक, राजनीतिक तथा सामुदायिक कार्यकर्ता, मानव अधिकार तथा नागरिक अधिकारको क्षेत्रमा पनि विज्ञ मानिन्छन ।सन १९९७ -१९९९ ताका अमेरिका मा शैक्षिक अध्यापन गरेका उनी २ बर्षको अमेरिकन बिकास, सिस्टम, कानुन जीवनशैली को विस्तृत अनुभव प्राप्त गरि सन २००० मा नेपालमै फर्की बिभिन्न ब्यापार ब्यवसाय, धार्मिक तथा सामाजिक कामहरुमा सफलता प्राप्त गर्दै २००८ को मध्य तिर क्यानडा लागेका थिए ।
क्यानडा मा त्यहाँको डिप्लोमा डिग्री गरी क्यानडाकाे जीबनशैली सँग घुलमिल र परिचित हुँदै विभिन्न ब्यापार ब्यवसाय साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ संस्था मार्फत महिला सशक्तीकरण , बाल अधिकार, द्वन्द्व व्यवस्थापन, लोककल्याण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति क्षेत्रमा विषेश ज्ञान र क्षमता राख्छन उनी । यसका अलवा काफ्लेको नेपाली सामाजिक संघसंस्थाहरुमा पनि उत्तिकै याेगदान र संलग्नता रहदै आएको छ । एनआरएनए क्यानडाका संस्थापक, एशोसिएन अफ नेप्लिज इन अमेरिका का पूर्व उपाध्यक्ष, पूर्व-पश्चिम सामुदायिक सेवा इन्कर्पाेरेशनको संस्थापक अध्यक्ष आदि उनका सामाजिक संलग्नताहरु हुन । उनका यहाँ समेटन नसकेका अझ धेरै सामाजिक संलग्नताहरु छन ।
यस्तै ब्राम्टन माउण्ट एभ्रेस्ट लायन्स क्लवको (चार्टर), क्यानडाको संस्थापक पहिलो निर्वाचित सभापति, विश्व अन्तर्राष्ट्रिय नेपाली समुदायको देशीय निर्देशक, जीआईडिएसएस नेपाल, सुरक्षित र स्वस्थ नेपालका संस्थापक सिमाविहीन अन्तर्राष्ट्रिय क्यानडा शाखाको प्रमुख कार्यकारी अधिकृतको रुपमा समेत उनलेे कार्य अनुभव गरीसकेका छन् । दर्जनौं संघ संस्थामा भुमिका निर्वाह गरेका काफ्लेले उत्तिकै संख्यामा विभिन्न निकायमा बसेर कार्य सम्पादन समेत गरिसकेका छन ।
लाेकप्रिय बाैद्विक सामाजिक, राजनीतिक अभियन्ता काफ्लेलाई क्यानडा सरकार तथा त्यहाँकाे संसद पार्लामेन्ट अफ दि क्यानडा ले समेत सम्मान गरिसकेको छ । क्यानडामा काफ्ले राम्रोसँग भिजेको छन । उनकाे चर्चा हुनु मा उनीमा भएको बाैद्विक ज्ञान, निडरपन, राम्रो र लामो अनुभब, सीप अनि कला हाे ।
गत २०१९ को संघिय चुनाबमा उनी क्यानाडाको एम. पि. उम्मेदवार हुनको लागि सक्षम ब्यक्तिकाे रुपमा छनाैट भएका थिए । उक्त चुनावमा पार्टीको धेरै हार हुने र आफु पनि जित्न गाह्रो हुने अनुमान गरेपछि अर्को बाटो अपनाएका थिए । उतिबेला उनले ओन्टारियो क्यानडा हाँक्न सक्ने योग्य पि. सि. पार्टी का लिडर उनका साथी प्याट्रिक ब्राउन लाई ब्रामटन् को नगर प्रमुख लाई उम्मेदवारकाे रुपमा समर्थन गरि मेयर जिताउन सफल भएका थिए ।
मित्र काफ्ले हाल त्यहाँको प्रमुख प्रतिपक्ष पाटीकाे लिडर सर्कल समेत छन । नेपालीकाे जस्तो घिनलाग्दाे राजनीति यहाँ हुदैन राजनीतिकाे मर्यादा र महत्त्व यहाँ भिन्नै छ काफ्ले भन्छन ।बिभिन्न स्रोतहरु बाट प्राप्त जानकारी अनुसार काफ्लेलाई भावि क्यानडाकाे सम्भावित एम. पि. एवम् मन्त्रीकाे रुपमा समेत हेर्न थालिएको छ ।
काफ्ले भाैतिक रुपमा क्यानडामा खटेपनि भावना र मन मातृभूमि नेपाल प्रति भएको बताउछन । देशको लागि निकट भविष्यमा सकेजति याेगदान गर्ने प्रतिबद्धता गरेको छु उनी भन्छन् । बिशेषगरी नेपालमा मानब अधिकार र कानुनी राज्यको अनुभुती नागरिकले कसरी गर्न सक्छन भन्ने विषयमा आफुले याेजना बनाइरहेकाे उनको भनाइ छ ।जहाँ कानुनी राज्य स्थापित छ त्यहाँ विकास पनि हुन्छ मानव अधिकारकाे रक्षा पनि हुन्छ काफ्लेको भनाइ छ । आफुले नेपालकाे उज्ज्वल भविष्य निर्माणका लागि सहकार्य गर्न एउटा पुस्ताकाे साथ खाेजिरहेकाे उनी बताउछन् ।
मातृभूमी बनाउने चाहना हो, बिगत लाई इतिहास् मान्दै वर्तमानलाई साक्षी राख्दै नेपालको उज्ज्वल भविष्य निर्माण गर्न सहकार्यमा जुट्ने संकल्प छ ।यसकाे लागि विभिन्न ब्यक्तिहरु सग सहकार्यकाे प्रयास अगाडि बढाइरहेको काफ्लेको भनाइ छ ।आखिर जहाँ रहेपनी यो मन त मेरो नेपाली हाे ।नेपाल प्रेमी, बिकास प्रेमी एवम् नेपालमा सुशासन को पर्खाइ मा पीडित नेपाली हरुको सपना लाई पल्टाउदै बिपनामा परिवर्तन कसरी गर्न सकिन्छ ? यस्तै चिन्ता र सपनाहरु मेरो अन्तर आत्मामा सधैं आइरहन्छन् काफ्लेको भनाइ छ ।