
रोल्पाको त्रिवेणी गाउँपालिका-७ गैरीगाउँमा बम विस्फोटमा परी ४ बालवालिकाको मृत्यु भएको छ। बिहीबार साझ जंगलमा गाइबस्तु चराउन गएका बालबालिकाले बेवारिसे बम छुदा विष्फोट भएको स्थानीय बासिन्दाले जनाएका छन ।बम विष्फाेटबाट त्रिवेणी ४ का १३ बर्षका गाैरव नेपाली ,त्रिवेणी ७ का बर्ष ५ का विजय खत्रि र उनकी दिदी ११ बर्ष कि विमला खत्री त्रिवेणी ७ कै १४ बर्षका नाेखिराम डाँगि रहेका छन
बमको ठूलो आवाज आएपछि गाउँलेहरु हेर्न जाँदा बम विस्फोटमा परी ४ वालवालिकाको घटनास्थलमै ज्यान गएको त्रिवेणी गाउँपालिका-२ का वडाध्यक्ष कविराज बुढाले जानकारी दिए।घटनास्थलमा अर्को बम पनि रहेकाले डिस्पोजल काे लागि नेपाली सेनाको टाेलि घटनास्थल तर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।
सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम बालबालिकाहरूले खेल्ने क्रममा भेट्टाएको हुने सक्ने आशंका गरिएको छ।