कोरोना भाइरस सङ्क्रमण भएर निको हुने मानिसको सङ्ख्या १० लाख नाघेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाएको छ।विश्वभरि पुष्टि भएका सङ्क्रमणको सङ्ख्या ३० लाख नाघिसकेको छ। तीमध्ये दुई लाख ३० हजार जना भन्दा बढीको मृत्यु भएको छ।
कोभिड-१९ हुँदा मृत्युदर कम भएकाले कोरोनाभाइरस सङ्क्रमित हरूको ठूलो सङ्ख्या निको हुने विज्ञहरूले बताएका छन्।सङ्क्रमण भएका झन्डै ८० प्रतिशत व्यक्तिलाई त झन् कुनै लक्षण नै नदेखिने बताइन्छ।
द लान्सिट जर्नलमा प्रकाशित एउटा अनुमानअनुसार कोभिड-१९ को मृत्युदर फ्लूको भन्दा बढी तर सार्सको भन्दा कम छ।फ्लू भएका १,००० बिरामीमध्ये एक जनाको मृत्यु हुन्छ भने सार्स भएका बिरामीको मृत्युदर ९५ देखिएको बिबिसीले जनाएको छ ।