नेपालमा थप १० जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।आइतबार नेपालगन्जमा पुरुष ५ जना र महिला ४ जना गरि ९ जनामा काेराेना भाइरस पाेजेटिभ देखिएकाे हाे ।
यस्तै पर्साका ३६ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । याे सगै नेपालमा काेराेना भाइरस संक्रमितकाे संख्या ६९ पुगेको स्वास्थ मन्त्रालयका प्रवक्ता डाक्टर बिकास देवकोटाले जानकारी दिए । आइतबार संक्रमित हुनेहरु सात बर्ष देखि ५८ बर्ष सम्म रहेका छन्।१६ जना निकाे भएर घर फर्कि सकेका छन ।