
भारतमा विभिन्न राज्यबाट आफ्नो घर फर्किन लागेका कामदारलाई आफैँ रेलको भाडा तिर्न भनिएपछि चरम आक्रोश उत्पन्न भएको छ।
भारतमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले मार्च २४ मा देशव्यापी लकडाउन लगाइएपछि देशभरि दैनिक ज्यालादारी गर्ने लाखौँ श्रमिकहरू अलपत्र परेका थिए।
उनीहरूलाई घर फर्किन सञ्चालन गर्न लागिएको रेलको भाडा ८०० भारतीय रुपैयाँसम्म पर्छ। तर एक श्रमिकको दैनिक कमाइ भारु २०० देखि ६०० सम्म हुन्छ।
भारतको प्रमुख प्रतिपक्षी दल कङ्ग्रेसले आफूले ती कामदारको भाडा तिरिदिने घोषणा गरेको बिबिसीले जनाएको छ ।