कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा मंगलबार देखि निषेधित क्षेत्र घोषणा गरिने भएको छ ।सोमबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको हाे ।
नेपालगन्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । निषेधित गरिएको समयमा औषधि पसल बाहेक सबै खाले पसल, व्यवसाय खोल्न पाइने छैन ।