
बाँकेको नेपालगञ्जमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मंगलबार विहान ७: ४५ बजे स्वास्थ मन्त्रालयले दिएको जानकारी अनुसार नेपालगन्जमा ३ पुरुष र ४ महिलामा काेराेना संक्रमण पुष्टि भएको छ ।संक्रमित पुरुषहरुकाे उमेर समुह २२ बर्ष ३० बर्ष र ४० बर्ष रहेको छ त्यस्तै संक्रमित महिलाहरुकाे उमेर समुह ९ बर्ष,३२ बर्ष ,३४ बर्ष र ५५ बर्षका रहेकाे छ । नयाँ सातै जना संक्रमित बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का हुन् ।
यस अगाडि नेपालगन्जमा १६ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भैसकेको छ ।अब नेपालगन्जमा संक्रमितकाे संख्या २३ पुगेकाे छ ।स्वास्थ मन्त्रालयका अनुसार नेपालमा काेराेना संक्रमितकाे संख्या ८२ पुगेको छ । मंगलबार बाट नेपालगन्जमा निषेधित क्षेत्र समेत घाेषणा गरिएको छ ।